सिरहा : सिरहा ४  बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार  प्रत्यक्षरुपमा स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियन्ता तारा  भण्डारीले  आमा छाप चिन्ह पाएकी छन्।

समाजिकरुपमा आफनो विशिष्ट पहिचान वनाउन सफल तथा मधेशमा  चिनिने भण्डारीलाई  प्रतिनिधि सभा सदस्यका  लागि आफनो घर  ४ बाट स्वतन्त्ररुपमा चुनावी प्रतिस्पर्धामा उत्रेकी छन ।

अभियन्ता राय आफनो मनोनयपत्र दाखिला गर्न जादा उनलाई स्वागत गर्नेहरुको लहरले उनको क्रेज कतिको रहेछ भन्ने पहिचान हुन्छ ।

स्वतन्त्र उम्मेदवार वनेर काठमाण्डौ महानगरपालिका जितेका बालेन्द्र साहको कार्यशैलीबाट प्रभावित जनता यस्तै विकाससील र भिजन भएका उम्मेदवारका रुपमा भण्डारीले सिरहा जनताले भरोसा गरेका छन ।

आफूले अब राजनीतिक रुपमा पनि समाजको सेवा गर्ने चाहना अनुरुप स्वतन्त्ररुपमा उम्मेदवारी दिएको र आफनो समाजले भारी मतान्तरले विजयी वनाउनेमा भण्डारी एकदमै  विश्वस्त रहेका छन् ।