जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका-५ स्थित बाल विकास भवनको शिलान्यास गरिएको छ ।

शुक्रबार गाउँपालिका अध्यक्ष राम जानकी यादव र उपाध्यक्ष वन्दना पाण्डेले संयुक्त रुपमा हर्दियामा बाल विकास भवनको शिलान्यस गरेका छन् ।

श्री नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालयमा चालीस लाखको लागतमा भवन निर्माण हुन लागेका छ । निर्माण काम एक वर्षमा सक्नु पर्ने सम्झौतामा उल्लेख छ ।

स्थानीय उपभोक्ता समितिमार्फत बाल विकास निर्माणको काम हुने बताइएको छ ।
कार्यक्रममा वडा अध्यक्ष हरिशंकर यादव,स्कूलका प्रधानाध्यापक,स्कूलका शिक्षक, शिक्षिका आम नागरिकको उपस्थिति रहेको थियो ।