जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जुली कुमारी महतो र धनुषा ३ (२ं )का प्रदेश सभा सदस्यका उम्मेदवार दीपेन्द्र ठाकुर संयुक्त रूपमैं घर दैलो कार्यक्रममा व्यस्त देखिएका छन ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ मा नेकपाका उम्मेदवारद्वय महतो र ठाकुर आफ्नो गठबन्धनको लागि भोट माँग्न व्यस्त देखिए छन।

वडाको महावीर चौक हनुमान मन्दिरदेखि उत्तरको क्षेत्रमा  बिहानैदेखिआफ्नो पार्टीका सयाैं नेता कार्यकर्ताका साथ घर घर गएर दुबै हाथ जोड़ी भोट माँगेको दृश्य रोचक देखिएको थियो ।

पछिल्लो समय नेकपा गठबन्धनका उम्मेदवारद्वय महतो र ठाकुर धनुषा ३ (२ं ) मा घरदैलोलाई निरंतरता दिदै आएका छन ।

जनकपुरधामको शहरी क्षेत्र एकदमै महत्वपूर्ण र बौद्धिक क्षेत्र भएको कारण नै विशेष प्राथमिकता दिएर आफूहरु घरदैलोलाई निरंतरता दिएको प्रदेश सभा सदस्यका उम्मेदवार दिपेन्द्र ठाकुरले बताए ।

ठाकुरले भने , ‘हामी आफ्नो गठबन्धनका तिनै जना पालैपिलो धनुषा (१) र (२)मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेता जुली महतोसंग समूहगत रूपमैं घरदैलो कार्यक्रमलाई अगाडि बढाइ रहेका छौं ।

जनता हामीलाई आशीर्वाद सहित आउँदो निर्वाचनमा आफ्नो अमूल्य मत दिएर विजयी बनाउनेमा आफूहरु ढुक्क रहेको ठाकुरले तर्क गरेका थिए । हामी प्रचार प्रसारदेखि मतदाताको घर घर पुगेर उनीहरूको आशीर्वाद ग्रहण गर्दै मत माँगदै घुमि रहेका छौं,जनताको मन र मत दुबै हामीसँग रहेको छ ।

आफ्नो  ईमानदारी पूर्वक गर्दै आइरहेकोले चुनाव आफूहरुको पक्षमै आउने ठाकुरले बताए ।