जलेश्वर । महोत्तरीको लोहरपट्टी नगरपालिका -७ भ्रमरपुुरामा घर आंगन नियमित बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारण सभा सम्पन्न भएको छ ।

सो शत्रको अध्यक्षता संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुुरले गरेका थिए । त्यस्तै, विशिष्ट अतिथीमा केन्द्रीय बचत तथा ऋण सहकारी संघका प्रतिनिधि,प्रमुुख अतिथिमा लोहरपट्टी नपाकी उपमेयर सरीता शर्मा रहेका थिए ।

त्यस्तै, लोहारपट्टी नगरपालिकाको वडा नं. ७ का वडाध्यक्ष गणेश ठाकुर लगायत संचालक समितिका उपाध्यक्ष आशा कुमारी देवी,सचिव बालमिकी ठाकुर सदस्य नन्दु साह,रामआधार ठाकुर,निर्मला देवीलगायत विभिन्न पार्टीका प्रतिनिधिहरु, बुद्धिजिवीहरु लगायत पत्रकार एवम संस्थाका पदाधिकारी,शेयर सदस्यहरुको विशेष उपस्थितिमा सो शत्र सम्पन्न भएको थियो ।

सो सभा नेपालको राष्ट्रिय गानबाट शुुभारम्भ गरिएको थियो । देशमा प्रजातन्त्र, गणतन्त्र ल्याउन आफ्नो ज्यान गुुमाएका सहीदहरुप्रति श्रद्धाञ्जली दिएर सो कार्यक्रम संचालन गर्नुका साथै स्वागत मन्तव्य संस्थाका कर्मचारी अशोक कुुमार रायले व्यक्त गरेका थिए ।

लेखा परिक्षण प्रतिवेदन प्रस्तुुति संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुुरले गरेका थिए । सो शत्रमा संस्थाद्वारा उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्तालगायत समाजसेवी एवम प्रमुुख अतिथीहरुलाई सम्मान गरिएको थियो ।
उत्कृष्टकर्मचारीहरुलाई लोहारपट्टी नपाकी उपमेयर शर्माले सम्मान गर्नुका साथै संस्थाको अध्यक्ष लक्ष्मेश्वर ठाकुुरले नपाकी उपमेयर शर्मालाई पनि सम्मान गरेका हुन् ।

त्यस्तै, अन्य अतिथीहरुलाइ मालाले सम्मान गरेका थिए । समाजसेवी राम अशिष प्रशाद शर्मालाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
सो शत्रका वक्ताहरुले बचत गर्ने बानीको बिकास गर्न सबैसंग आग्रह गरेका छन् । सभामा संस्थाको चालु आ.व.२०७९/०८० र आगामी आ.व. २०८०/०८१ को बजेटका बारेमा पनि बताइएको छ ।

सभामा गत आ.ब.२०७८/०७९ को यथार्थ रु. २७ करोड ३८ लाख ४६ हजार ४ सय ९५ पैसा ६२,चालु आ.ब.२०७९/०८० को संशोधित रु.४७ करोड ५५ लाख ११ हजार १२ रु.पैसा ५९ अनि आगामी आ.ब.२०८०/८१ को प्रस्तावित रु.५२ करोड १० लाख ९६ हजार ५ सय ७७ पैसा १७ रहेको सम्बन्धमा पनि जानकारी गराएका छन् ।

संस्थाले आगामी आर्थिक वर्षमा कर्मचारीहरुको लागि तालिम,शेयर सदस्यहरुको लागि सहकारी शिक्षा सम्बन्धी तालिम,अवलोकन भ्रमण र स्वास्थ्य शिविरलगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिने कुरा संस्थाका अध्यक्ष ठाकुुरले प्रष्ट पारे ।

शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाका सदस्य घुरण मण्डलले यस सहकारी संस्थाले गरिवहरुलाई धेरैनै मद्दत पुर्‍याएको र आगामी दिनमा अझ संस्थाले प्रगती गरोस् भन्ने कामना गरेका थिए ।

उपमेयर शर्माले यो सहकारी संस्था समाजमा ज्यादै नै प्रशंसनीय कार्यहरु गरिरहेको र नपाले पनि संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
संस्थाले कर्मचारीको लागि इन्धन वापतको केही सुविधा थपेर दिने बताइएको थियो ।

संस्थामा महिला ५१८ र पुरुष ३७७ जना गरी ८९५ जना शेयर सदस्य रहेका छन् । जस्मध्ये १७३ जनाले संस्थाबाट ऋण लिइ विभिन्न खालका कारोवार गरीरहेका छन् ।