सप्तरी , १ कार्तिक : सप्तरी क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वार अनिरुद्व सिंह यादवलाई विजयी बनाउन सप्तरी क्षेत्र नम्बर ४(ख)का अगुवा तथा युवाहरुले अभियान नै सुरु गरेका छन् ।
स्वतन्त्र उम्मेद्वारी दिएका सिंह यादवको पक्षमा मतदान गर्न आग्रह गर्दै ‘हरघर जाऔँ, अनिरुद्व सिंह यादवलाई जिताऔँ’ अभियान उनिहरुले सुरु गरेका हुन् ।
सिंह यादवको पक्षमा मत माग्दै घरघर पुग्ने अभियानमा युवा तथा अग्रजहरु स्वस्फूर्त लागेको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ का अमरेन्द्र कुमार चौरसियाले बताए ।
अभियानमा निर्वाचन क्षेत्रमा पर्ने १० वटा बोदे बर्साईन नगरपालिकाका वडा , सुरुङ्गा नगरपालिकाको वडा नम्बर ३ वटा वडा र बलान बिहुल गाउँपालिकाको ६ वटा वडा गरी १९ क्षेत्र भित्र रहेको छ्न। हाल बोदे बर्साईन नगरपालिकाबाट घरदैलो कार्यक्रम सुरु गरेका छन ।कार्यक्रममा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उमेदवार मोहम्मद कासिमको पनि घरदैलो कार्यक्रममा सहभागिता रहेको छ।घरदैलो कार्यक्रममा वडाका युवा, महिला, बुद्धिजिवी, अग्रज खटिएका छन् ।
यस्तै मंगलबार स्वतन्त्र उम्मेद्वार सिंह यादवको चुनावी प्रचार प्रसारका लागि सम्पर्क कार्यालय तथा वडा तथा नगरका संयोजक समिती गठन गरेका छन।
प्रचारप्रसार समिती गठन गर्दै सिंह यादवले दलहरुलाई पटक पटक हेरिसकिएको भन्दै यस पटक स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन आग्रह गरे ।
उनले भने, ‘अब घरघरमा विभिन्न प्रलोभन दिँदै नेताहरु आउँछन्, तपाईहरुले विचार पुर्याएर तपाईहरुको साथमा सँधै उभिने, गर्न सक्ने मान्छेलाई मत दिएर विजयी बनाउनुहोला । होइन भने फेरि पछि पछुताउन बाहेक अरु विकल्प रहँदैन ।’
आफ्नो क्षेत्रको उन्नती र विकासका लागि ठूलो लक्ष्य लिएर हिँडेको भन्दै उनले त्यो लक्ष्यलाई पूरा गर्न सबैको साथको आवश्यकता रहेको बताए ।
कार्यक्रममा वडा नम्बर ७ की गिता यादवले अनिरुद्व सिंह यादवको विकल्प अरु हुनै नसक्ने भन्दै सिंहलाई जिताउन गाउँगाउँबाट सबैलाई जोड्न पहल गर्ने बताइन् ।
कार्यक्रममा प्रदेश ४ (ख) मा पर्ने १९ वटै वडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Discussion about this post