जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा अधिकांश कर्मचारीहरु आफू खुशी अनुपस्थित हुने गरेको पाइएको छ ।

कुनै पनि सार्वजनिक बिदा नभएको बेला बुधवार दिउँसो उपमहानगरपालिकाका महत्वपूर्ण शाखा तथा फाँटहरु बन्द रहेको देखिएको छ ।

दर्ता चलानी, भवन निर्माण इजजात पत्र, सूचना प्रविधी, आर्थिक प्रशासन शाखा लगायतका फाँटहरु बन्द गरी कर्मचारीहरु आफू खुशी अनुपस्थित रहेको बेला सेवाग्राहीहरुलाई हैरानी खेप्नु परेको छ ।  नगर प्रमुख उपस्थिति रहे पनि उनको कार्यालयका अधिकांश कर्मचारीहरु भने अनुपस्थित  थिए ।

फाँट बन्द रहेको विषयमा प्रश्न गर्दा उपमहानगरपालिका कार्यालयका प्रवक्ता प्रमेश झाले भने कार्यालय खुला नै रहेको जवाफ दिएका थिए । तर त्यहाँ उपस्थित सेवाग्राहीहरुले भने अधिकांश फाँटमा ताला लागेको सुनाए ।