जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री तथा सप्तरी क्षेत्र नम्बर २ ‘क’ का उम्मेदवार शैलेन्द्र प्रसाद साह ले संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले र जसपा गठबन्धनका उमेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् ।
तिलाठी कोइलाडी गाउपालिकामा कार्यक्रममा उनले भने,“संविधानको रक्षा, स्थिरता, आर्थिक विकासका लागि यो सत्तागठबन्धन बनेको हो, मुलुकको समृद्धिका लागि यो गठबन्धन आवश्यक छ ।” उनले वर्तमान गठबन्धनले यस निर्वाचनमा जनताको विश्वास जितेर स्थिर सरकार निर्माण गर्ने दाबीसमेत गरे ।
अब निर्माण हुने स्थिर सरकारले देशको विकास र समृद्धिका लागि काम गर्ने उनको भनाइ थियो । लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई पटक/पटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न गठबन्धन बनेको उनले बताए ।
सप्तरी क्षेत्र नम्बर २ क को विकास नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै नेता साहले समृद्ध सप्तरीलाई निर्माणको महाअभियानमा सफल बनाउन विजयी गराउन आवश्यक रहेकामा जोड दिए ।
कृषि, जलविद्युत्, पर्यटन, व्यापार व्यवस्थापन र समन्वयात्मक विकास नै समृद्ध आफ्नो निर्माणको आधार भएको उनले उल्लेख गरे ।
Discussion about this post