मलंगवा : सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेन्द्र राय यादवको स्कारपियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
हुलाकी सडक अन्तरर्गत सर्लाहीको ब्रहम्पुरी गाउँपालिकाको भेल्ही र सखुवाको बीचमा भारतीय नम्बरको मोटरसाईकलाई यादवको चुनावी अभियानमा हिडेका स्कारपियो गाडीले ठक्कर दिदा भारतीय बिहार राज्य सितामढी जिल्ला बसतपुरका नेक महमदको मृत्यु भएको छ ।
त्यस्तै स्कारपियोको ठक्करबाट मलंगवा नगरपालिका-९ निवासी एकरामुल साफीको छोरा १० वर्षिय असलम साफी गम्भीर घाईते भएका छन् । उनको प्रदेशिक अस्पताल मलंगवामा समान्य उपचार गरी थप उपचारको लागि जनकपुर रेफर गरिएको छ ।
प्रतिनिधि सभाका उम्मेदवार महेन्द्र राय यादवको गाडीले ठक्कर दिदा एक जनाको मृत्यु भएको स्थानियहरुले बताए पनि हसिया हथौडाको झण्डावाला गाडीको ठक्करबाट एक जना भारतीय नागरिकको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिनुभयो ।
ठक्कर दिने गाडीको पहिचान गरिने काम भईरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
Discussion about this post