जनकपुरधाम, कार्तिक १७ । आर के डी होल्डिंग्स लिमिटेडले मधेश प्रदेशमा नयाँ कार्यक्रम ल्याएको छ ।

राजधानी जनकपुरधाममा बुधवार पूर्व संयोजक प्रेम गिरीको अध्यक्षतामा सलामी तथा इलमी भने दुई नयाँ कार्यक्रमको शुभारम्भ गरिएको छ।

नयाँ कार्यक्रमको स्वरुप तथा योजनाबारे उद्योगी व्यवसायी तथा सर्वसाधारणहरुलाई जानकारी गराउन घोषणा कार्यक्रमको आयोजना गरिएको बीजबजारका वितरण प्रमुख लक्ष्मी प्रसाद सापकोटाले बताए ।

आर के डी अन्तर्गत बीजबजारसहित १० वटा प्रतिष्ठान समावेश गरिएको  छ ।

बिना कुनै ब्याज दर तथा किस्ताबन्दीमा घर,जग्गा तथा अपार्टमेन्ट खरिद गर्न पाइने, क्यास ब्याक, शेयर वापतको रकम बराबरको जग्गा बोनस आदि लगायतको विशेषता रहेको सलामी तथा इलमी बारे सहभागीहरुलाई जानकारी गराइएको थियो ।