रौतहट । विभिन्न नाकाबाट तस्करीको कार्य तीव्र भएको छ । स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा तस्करीको लाइन खोलिए पछि तस्करीको कार्य तीव्र भएको देखिएको छ ।

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमा नेपाल प्रहरीको सेटिंगमा तस्करीको लाइन खोलिएको छ ।

नेपाल सरकारलाई प्रत्यक्ष असर पुर्याउने र आफ्नो निजी लाभ लिने उद्देश्यले जिल्ला प्रहरी कार्यलय रौतहटका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरको संलग्नतामा तस्करीको लाइन खोलिए पछि राजश्व संकलनमा कमी आएको छ ।

नेपाल भारतको खुल्ला सिमानाको प्रहरी प्रशासनले पूणर् रुपमा लाभ लिने गरेका छन । निर्वाचनमा स्थानीयहरु होमिएको मौक़ा छोपेर नेपाल प्रहरीका प्रहरी उपरीक्षक बूढ़ामगर , नायव प्रहरी उपरीक्षक सुनिल कुमार मल्लले घुमुवा प्रहरी राज मंगल सिंहमार्फत सेटिंग मिलाएर तस्करीको लाइन खोलिएको बुझिएको छ ।

ईशनाथ नगरपालिकाको बंजरहा , औरैया , मठिया र गौर भन्सार कार्यालयको मुख्य नाका भएर खुलेयाम चिनी , मलखाद , लता कपड़ा , नेपाली र भारतीय रुपैयाको हुण्डी कारोबारले तीव्रता पाएको छ ।

भारतको सीमासंग जोडिएको क्षेत्र भएको कारण सीमा सुरक्षाको लागि खटिएको सशस्त्र प्रहरी र शान्ति सुरक्षाको लागि रहेको नेपाल प्रहरीको कारण तस्करी बढेको स्थानीयहरुको भनाइ छ ।

नेपाल प्रहरीका घुमुवाले सहयोग गरेको बुझिएको छ । १ महीना लाइन शुरू भएको थियोबीचमा लाइन बन्द भयो अव मंसिर १ देखि शुरू हुने तस्करहरुले बताएका छन ।

महिनाको ५ लाख भन्दा बढ़ी रकम प्रहरी प्रमुखलाई तथा सञ्चारकर्मी , घुमुवा गरी करीव २२ लाखको प्रति महीना खर्च तस्करको रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बूढ़ा मगरले तस्करी पूणर् रुपमा नियंत्रणमा रहेको दाबी गरेका छन् । कार्य गर्ने क्रममा प्रहरीको अनुपस्थितिमा केही हुन सकिने बताउँदै संस्थागत रुपमा तस्करीको लाइन नखोलेको बताए ।

उनले आन्तरिक रुपमा यस विषयमा छानबिन गरिने प्रतिवद्धता पनि जनाए । घुमुवा प्रहरीको रुपमा परिचालन गरिएको राज मंगल सिंह प्रहरी नायव उपरीक्षक मल्लको नजिकको रहेको स्रोतको दाबी रहेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक ध्रुव कार्कीले जिल्लामा तस्करीको कार्य पूणर् रुपमा नियंत्रणमा रहेको दाबी गरेका हुन ! गौर भन्सार कार्यालयमा दिनहु राजश्व संकलनमा कमी हुदै गएको हो , भन्सार प्रमुख बासुदेव नेपाल संग सम्पर्क गर्दा बाहिर रहेको बताएका छन ।

चुनावको मुखमा तस्करीको लाइन खोलाउनु प्रहरीले आन्तरिक रुपमा आर्थिक लाभ लिनु बाहेक अरु केही नभएको स्थानीयहरुले बताएका छन । घरेलु उपभोग्यको सामान ल्याउदा पक्राउ गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी आर्थिक लोभमा परी ठूलो तस्करीको लाइन दिने गरिएको टिप्पणी गरेका छन।