जनकपुरधाम । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यका उम्मेदवार असगर अलीले घरदैलौ कार्यक्रमलाई तिव्रता दिएका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ख मा पर्ने वडाहरुको उम्मेदवार अलीले घरदैलौ कार्यक्रमलाई तिव्रता दिएका छन् ।

घरदैलो कार्यक्रम अन्तर्गत उनी आइतवार जनकपुरधाम वडा नम्बर ८ मा घरदैलौ कार्यक्रम गरेका छन् । घरदैलौ कार्यक्रममा उम्मेदवार अलीलाई सर्वसधारण जनताले ठाँउमा स्वागत गर्दै सफलताको शुभकामनाकासमेत दिने गरेका छन् ।

आइतवार घरदैलो कार्यक्रम पश्चात आयोजना गरिएको घोषणालाई सम्बोधन गर्दै नेता अलीले म नेता होइन जनकपुरधामको बेटाको रुपमा जनकपुरधामवासीलाई सेवा गर्न उम्मेदवारी दिएको बताए ।

‘म यो शहरमा जम्मे हुर्केको छु, यहाँको माटोसँग प्रेम छ, यहाँको धर्मसास्कृतिसँग औधी लगाव छ,उम्मेदवार अलीले भने,‘ म उपमेयर हुदाँ गरेको विकास निर्माणको कामको मुल्याङ्गकन गरेर मतदान गर्नुहोला । अन्य पार्टीका नेताहरु जस्तो दलबदलु र अवसरवादी होइन ।

म सँधै जनकपुरधामवासीकै सेवामा ४५ वर्ष खर्जेको छु । मैले जनकपुर र जनकपुरवासीको लागिको गरेको योगदानलाई एक पटक मतदान गर्नु अघि सम्झिनु होला ।’

अर्को प्रशंगमा उम्मेदवार अलीले मधेशी जनताको हक अधिकारको सवालमा सबै राष्ट्रिय पार्टीहरु एउटै मानसिकता रहेको आरोप लगाए ।

मधेश केन्द्रित दलहरु सत्ता स्वार्थका कारण मधेशको एजेण्डा छोडेर मधेश विरोधी पार्टीसँग चुनावी सहकार्य गरेको दाबी गर्दै नेता अलीले भने,‘ अव मधेश केन्द्रितहरुको प्राथमिकतामा मधेश र मधेशी जनता रहेनन्, उनीहरु आफ्नो सत्ता र स्वार्थ सिद्ध गर्न कोही कांग्रेस माओवादीसँग त केही एमालेसँग चुनावी गठबन्धन गरेका छन् । उनीहरुलाई मधेश र मधेशी एजेण्डासँग अव कुनै सरोकार रहेनन् ।’

संविधान अझै संसोधन नभएर अझै मधेशीको हितमा हुन सकेको छैन, नागरिकता ऐन पास नहुदाँ लाखौँ मधेशीका सन्तान नागरिकताबाट वंचित भएका कारण उच्च शिक्षा र रोजगार पाउन सकेका छैनन्, उम्मेदवार अलीले भने,‘ मधेश आन्दोलनका आफ्ना ज्यानका समेत प्रभाव नगरी लाग्नेहरुमाथि अहिले विभिन्न मुद्दाहरु छन्, सो मुद्दा धेरै कारागार जीवन बिताइ रहेका छन्, तर उनीहरुलाई रिहा गराउन मधेश केन्द्रित दलहरु सकेनन् ।