जनकपुरधाम । बेटीरोटीको नातामा चिसोपना बढेको भन्दै भारतीय महिला प्रतिनिधिहरु नेपाल आएकी छन् ।

नेपाल भारतबीच बेटीरोटीको नातामा चिसोपना पसेको भन्दै सीमावर्ती भारत मधुवनी जिल्लाकी महिलाहरुले चिन्ता व्यक्त गरेकी छन् ।

गाउँ विकास मंचको आयोजनामा “जानकी जन संम्बाद“ कार्यक्रम लिइ सीतामढीका महिला प्रतिनिधि मंडलहरु जनकपुरधाममा नेपाल भारत खुला सीमा सम्वाद समूहका प्रतिनिधिहरुसंग भेट गर्दै पहिलेको तुलनामा दुबै देशबीच रहेको वैवाहिक सम्बन्धमा ह्रास भएकोमा चिन्ता व्यक्त गर्दै दुबै तिरको नागरिकबीच यस बिषयमा छलफल हुनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले नेपाल भारतमा रहेको बेटीरोटीको नातामा आएको तिक्तता केही राजनीतिक दलको दुरभावनाको कारणले भएको वताए ।

नागरिकता समस्याको कारण माता सीता र भगवान रामकालको सम्बन्धमा तिक्तता उत्पन्न भएको छ । यसका लागि सम्वाद समूहले आफ्नो तवरबाट नेपालमा पहल गर्दै आएको वताउँदै उनले भारतमा पनि मंचले नेपाल भारतबीचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिनुपर्ने वताए ।

कार्यक्रममा गाउँ विकास मंचकी प्रतिनिधिहरुले परापूर्वकालदेखि नेपालको छोरी भारतमा र भारतकी छोरी नेपालमा वैवाहिक नातामा वाँधिदै आएकोले नागरिकतामा देखिएको समस्या समाप्त हुनुपर्ने बताइन ।

दुबै देशले आफ्ना बुहारीलाई विवाह पश्चात तुरुन्तै नागरिकता दिनुपर्ने प्रावधान ल्याएर बेटीरोटीको नातालाई कायम राख्नुपर्ने वताए ।

सीमामा कुनै पनि बाधा अवरोध मान्य नहुने केही परे सीमामा बस्ने नागरिकसंग छलफल गरी अगाडि बढनुपर्नेमा महिला प्रतिनिधिहरुको जोड रहेको थियो ।