जनकपुरधाम । धनुषा  क्षेत्र न.३ को २ बाट तमलोपा बाट उम्मेदावरी दिएका असगर अलीले मनी र मसलको राजनितीले प्रदेश र देशको समृद्धी नहुने दावी गरेका छन ।

मधेश र मधेशीको अधिकार सुनिश्चत गराउँन निमित यसपालीको चुनावी मैदानमा उतरेको उनले बताए ।

मधेशका हजारौ नागरिक नागरिकता विहिन रहेको छ,उनको हक र अधिकारका लागी आफु उम्मेदवारी दिएको बताए ।

नागरिकता विहिन नेपाली नागरिकको समस्यालाई राजनितीकर्मीहरुले चुनावी मुदामा मात्र सिमित राखेर जनतालाई भ्रममा राखेको उनले आरोप लगाए ।

जनतालाई कसैले भ्रममा राखेर मधेशी र मधेशको विकास हुन सक्दैन, त्यसैले जनताको हक र अधिकार इमान्दारिता पुर्वक दिलाउँन आजको आवश्यकता रहेको उनले बताए ।

फोहर राजनिती देशमा धेरै वर्ष देखि चलि आईरहेको छ, यसलाई विना परिवर्तन नगरि देशको र मधेशको विकास हुनेवाला छैन उनले भने ।

नेता इमान्दार नभए देशको विकास कहिले हुन सक्दैन, त्यसैले जनता यसपालि विकास प्रेमी नेतालाई जितावन जनताको आजको परिवेश रहेको उनले बताए ।

६५ वर्षको उमेरमा मैले तमोलोपाबाट उम्मेदवारी दिएका छौ मैले फोहर राजनितीलाई सुद्धीकरण गर्न निमित यसपालिको चुनावमा जनता समक्ष उम्मेदवारी दिएको उनले बताए ।

हाम्रा वंशज्ञहरुले देशको विकास हेरेर दुनियाबाट गईहाले अब हामी हाम्रा नयाँ पिढीका लागि इमान्दारिता पूर्व काम गरेर देश र प्रदेशको विकास गर्ने बाहेक अब अर्को कुनै विकल्प नरहेको उनले बताए ।