जनकपुरधाम । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन आफू गम्भीर रहेको बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित अन्तर सम्वाद कार्यक्रममा मुख्य निर्वाचन अधिकृत प्याकुरेलले धनुषामा निष्पक्ष, भयरहित तथा स्वतन्त्रता पूर्वक निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सरोकारवाला निकायसँग निरन्तर गृहकार्यमा रहेको उनको बताए ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले निष्पक्ष तथा भयरहित रुपमा निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकाय गम्भीर भएर लागेको बताउँदै भारतीय नम्बर प्लेटको गाडी तथा भारतीयलाई प्रचार प्रसारमा रोक लगाएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगको प्रादेशिक कार्यालयका जनकपुरधामका प्रमुख मञ्जु खतिवडाले निर्वाचनलाई निष्पक्ष तथा भयरहित रुपमा सम्पन्न गर्दै मानव अधिकारको अधिकतम ख्याल गरेर मतदान केन्द्रको व्यवस्थापन हुनुपर्ने बताए ।

नेपाल प्रहरीका संघीय इकाइका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ध्रुवराज राउतले निर्वाचनलाई शान्तिपूणर् रुपमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी पूणर् प्रतिबद्ध रहेको बताए ।

इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा बालबालिकाको प्रयोग तथा भोज भतेर गर्ने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।