जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको हर्न छाप अंकित साडी लगाएको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
निर्वाचन आचारसंहिता उल्लंघन गरी बनाइएको सो साडीमाथि विभिन्न टिका टिप्पणी भइरहेको छ । उक्त साडी जनमत पार्टीकी महिला नेतृ जनकपुरधाम उपमहानगरपालिका ७ की माला साहले लगाएकी छन् ।
डा. राउत जस्तो बौद्धिक वर्गका नेता भएको पार्टीमा ठाडो आचारसंहिता उल्लंघन गरेको भन्दै कतिपयले उनलाई व्यग्य गरेका छन् ।
कतिपयले निर्वाचन आयोगलाई पनि ध्यानाकर्षण गराई सामाजिक सञ्जालमा उक्त तस्बीर सेयर गरिरहेका छन् । यद्यपि यी साडीमा एक तस्वीर मात्रै देखिएको छ ।
Discussion about this post