सप्तरी – स्वतन्त्र उम्मेद्वार अनिरुद्व सिंह यादवको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।
बोदे बर्साईन नगरपालिका वडा नम्वर ७ फुलहरामा बिहिवार मतदाताले देखाएको स्वागत सद्भावले उनीप्रतिको लोकप्रियता बढ्दै गएको देखिएको हो ।
स्वतन्त्र उम्मेद्वार सिंहलाई फुलहराका मतदाताले अबिर लगाएर स्वागत गरे ।
स्वतन्त्र उम्मेद्वार सिंहप्रति मतदाताको भरोसा बढ्नुका साथै सिंहको लोकप्रियता बढ्दै जानुले उनको जित कसैले रोक्न नसक्ने यहाँका मतदाताहरु बताउँछन् ।
अहिले देशले नै परिवर्तन खोजिरहेका बेला यहाँ स्वतन्त्र उम्मेद्वार सिंहको विकल्प नभएको बताउँदै मतदाताहरुले सिंहलाई विजयीको आशिर्वाद दिँदै शुभकामना दिएका थिए ।
बोदे बर्साईन नगरपालिकाको वडा नम्बर १० खडकपुरमा मतदाताको घरदैलोमा पुगेर स्वतन्त्र उम्मेद्वार सिंहले मंसिर ४ गतेको निर्वाचनमा आफूलाई लालटेन छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।
घरदैलो अभियानमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।
Discussion about this post