जनकपुरधाम । धनुषाको  रमदैयामा नेपाली कांग्रेस पार्टी परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश ।

क्षीरेश्वरनाथ नगरपालिका रमदैयामा नेपाली कांग्रेस पार्टी परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका २ सय जनाले एमाले पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी परित्याग गर्नेहरुमा अधिकांश नेपाली काँग्रेस युवाहरु रहेको छ ।

नेपाली काङ्ग्रेसको युवा नेता सुनिल यादवको नेतृत्वमा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नव प्रवेसिहरुलाई एमाले सचिव तथा धनुषा क्षेत्र नं: ४ को प्रतिनिधी सभा सदस्यको उम्मेदवार रघुवीर महासेठले माला तथा गम्छा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

नेकपा एमालेमा प्रवेशको लहरमा तिब्रता देखिए संगै सुर्य छापाको उमेदवारको जित १००% सुनिश्चितता देखिएको छ ।