जनकपुरधाम । जनकपुरधामसहित देश तथा विदेशमा विश्वास बनाएका  इन्टरनेट मार्केट टुडेले आफ्नो ९औं वार्षिकोत्सव मनाएको छ ।

जनकपुरधामस्थित रहेको प्रतिष्ठित डिजिटल एजेन्सी इन्टरनेट मार्केट टुडे प्रा.लि.ले धनुषाको ढल्केवरमा एक कार्यक्रमको आयोजना गरी धुमधामका साथ ९औं बार्षिकोत्सव मनाएको हो ।

इन्टरनेट मार्केट टुडेले विश्वव्यापी रूपमा ग्राहकहरूलाई गुगल विज्ञापन व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ ।

विश्वव्यापी रूपमा ग्राहकहरूलाई परिणाममा आधारित डिजिटल मार्केटिङ सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ इन्टरनेट मार्केट टुडे सन् २०१३ मा सुरु भएको थियो ।

छोटो अवधिमा नै इन्टरनेट मार्केट टुडे प्रतिष्ठित गुगल पार्टनर र प्रिमियर पार्टनर बन्न सफल भइसकेका छन् ।

इन्टरनेट मार्केट टुडेले गुगल पार्टनर २०२२ को उपाधि हात पारिसकेको छ ।