जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को समीकरण फेरिन लागेको छ । नेकपा एमालेवाट जुली महतोले उम्मेदवारी दिने चर्चा चले संगै नेपाली कांग्रेसका पूर्व उप-सभापति विमलेन्द्र निधि, यहि क्षेत्रवाट गत निर्वाचनमा बिजयी भएका राजेन्द्र महतोले सीट खाली गरेका थिए ।
उम्मेदवारी दिनु पूर्वनै धनुषा ३ मा जुली महतोको बिजयी हुने सम्भावना पक्का हुँदा पनि निर्वाचनको समय नजिकिदैँ जादा जनताको भरोसा उनीमाथि उठन थालेको छ । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा दुई गठबन्धन वीच प्रतिस्पर्धा छ । पाँच दलीय गठबन्धन र एमाले जसपा गठबन्धन वीच हुने प्रतिस्पर्धामा नेपाली कांग्रेसका मत निणर्ायक देखिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा एमाले गठबन्धनवाट जुली महतो र पाँच दलीय गठबन्धनवाट अनिल झा उम्मेदवार छन् भने पाँच दलीय गठबन्धनवाट ३ को (क)वाट मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री राम सरोज यादव तथा एमाले जसपा गठबन्धनवाट मधेश प्रदेशका मुख्यमन्त्री लाल बाबु राउतका पिए जितेन्द्र यादव उम्मेदवार छन् ।
त्यस्तै धनुषा ३ को (ख) वाट पाँच दलीय गठबन्धनका उम्मेदवार परमेश्वर साह र एमाले जसपा गठबन्धनका उम्मेदवार दीपेन्द्र ठाकुर छन् । यहाँ तराई मधेश लोकतान्त्रिक पार्टीकाले असगर अलीलाई समेत उम्मेदवार बनाएका छन् भने कांग्रेसका बागी उम्मेदवार समेत छन् । नेपाली कांग्रेसका नेता हरिशंकर साहले उम्मेदवारी दिएका छन् ।
धनुषा ३ मा अनिल झा वा जुली महतो कसले बाजी मार्ला त्यसको अन्तिम निणर्य प्रदेशसभा (ख)वाट हुने देखिन्छ । यहाँ नेपाली कांग्रेस लगायत अन्य पार्टी र आम मतदाताहरुको रुझान हरिशंकर तिर देखिन्छ भने असगर अली पनि बलियो स्थितिमा देखिन्छ । एकताको सिद्धान्त बोकी निर्वाचनमा होमिएका असगरको मत कता तिर डाइभर्ट हुने हो त्यसले निर्वाचनको मतपरिणाम समेत हेरफेर गर्न सकिन्छ ।
जुलीले दीपेन्द्र माथि गरेको विश्वास अनुसारको मत पाउन सक्ने नदेखिएपछि उनको रुझान पनि हरिशंकर तिर बढेको छ । तमलोपाले धनुषा ३ को प्रतिनिधिसभामा उम्मेदवार नदिएका कारण असगरले पाउने मत प्रतिनिधिसभामा कता जान्छ त्यसले निर्वाचनको मतपरिणामको अन्तिम निणर्य गर्नेछ । जुलीको झुकाव हरिशंकर तिर बढेको छ, असगरको मतदाताले समेत जुलीलाई मतदान गरेपछि जुली जित्ने छ तर, असगरको पराजित हुने देखिन्छ ।
यदि असगरका मतदाताले अनिल झालाई समर्थन गर्छन र अनिलका मतदाताहरुले असगरलाई मतदान गर्छन् भने असर र अनिल दुवै बिजयी हुने सम्भावना बढ्ने छ । पाँच दलीय गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रतिनिधिसभाको ३ र ३ को (ख) सीट छ । ३ को (ख) वाट परमेश्वर साह उम्मेदवार भएपनि उनी अहिलेको रेसमा तेस्रो स्थानमा छ ।
पहिलो स्थानमा हरिशंकर, दोस्रो स्थानमा असगर अली छन् । जुलीको झुकाव हरिशंकर तिर नहुँदा सम्म असगर पहिलो स्थानमा थियो ।
हुनत कांग्रेसका शीर्ष नेताहरुले कांग्रेसका मतलाई घेर्ने प्रयास गरेका छन् तर, उनीहरु मतलाई घेरेर राख्न सक्ने स्थितिमा छैनन् । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को (क) मा पनि राम सरोज यादवका मतदाताहरुले अनिल झालाई रुचाउँछन् की जुलीलाई त्यसले पनि हार जीतको सुनिश्चितता गर्न मद्दत गर्ने छ ।
३ को (क)मा मुखियापट्टि मुसहरनीया, धनौजी गाउँपालिका, नगराइन नगरपालिका र जनकपुरधाम उप-महानगरपालिकाका दुईवटा वडा छन् ।
यहाँ मुखियापट्टि मुसहरनीया जसपाले जितेका छन् भने नगराइन र धनौजी कांग्रेसले जितेका छन् भने जनकपुरधाम उप-महानगरपालिकाका दुईवटै वडा एमालेले जितेका छन् ।
धनुषा ३ मा जसपा एमालेका गठबन्धन छन् तर मुखियापट्टिमै जसपाका उम्मेदवार जितेन्द्र यादवलाई घरदैलो कार्यक्रममा वडा नम्वर ५ मा एमालेका उम्मेदवार जुली महतोले संगै लिएर नघुमेपछि त्यहाँको माहोल समेत बदलिएको छ ।
मुखियापट्टिमा जसपाले नभई जयकुमार यादवले जितेको भन्दै आफूहरूले एमाले गठबन्धनमा नजाने अडानमा मतदाता छन् भने त्यो गाउँपालिकामा एमाले र जसपा वीचको प्रतिस्पर्धाका कारण त्यो गाउँपालिकाका पूर्व अध्यक्षले समेत जसपालाई स्वीकार नगर्ने अडानमा देखिएको छ ।
त्यसको प्रत्यक्ष फाइदा भने नेपाली पाँच दलीय गठबन्धनलाई हुने देखिन्छ । गाउँ गाउँमा एमालेका सचिव तथा धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का उम्मेदवार रघुवीर महासेठले ‘एक हातले सिंदुर, अर्को हातमा नागरिकता’ नदिने दिएको भाषणको चर्चा छ ।
Discussion about this post