महोत्तरी । महोत्तरी  क्षेत्र नम्बर ३ ख मा रामदयाल मण्डल बलियो देखिएको छ ।

निर्वाचन मिति नजिकदै जादा चुनावी सरगर्मी पनि तिव्र हुन थालेको छ । उम्मेदवारहरु मतदाता रिझाउन टोल-टोल घर-घर दौडाहा मा व्यस्त देखिएका छन ।

यता चुनावी वातारण नियालदै गरेका मतदाता आफ्नो मत दिने उपयुक्त उम्मेदवार का बारे नापतोल गरिरहेका छन ।

महोत्तरी ३ प्रदेश ख मा भने चुनावी तापक्रमको मिटर दिनानुदिन फेरिदै छ ।

प्रदेश सभा का लागी उम्मेदवारी दिएका उम्मेदवारहरु कस्सीएर मैदानमा आफ्नो कार्यक्रम गरिरहेका छन ।

प्रदेश ख मा राजनीतिक दल तथा स्वतंत्र गरि कुल २८ जना उम्मेदवार ले आफ्ना उम्मेदवारी दर्ता गराएका छन ।

पूर्व संविधान सभा सदस्य नेकपा एमाले जसपा गठबन्धन का साँझा उम्मेदवार रामदयाल मण्डल तथा सत्तागठबन्धनको साँझा उम्मेदवार लोसपा की नेतृ रानीशर्मा तिवारीबीच कडा प्रतिस्पर्धा हुने आंकलन राजनीतिक वृतमा चर्चामा रहेको छ ।

वैशाखमा सम्पन्न भएको स्थानीय चुनाव को नतिजा लाई आधार मानने हो भने यस क्षेत्रमा नेकपा एमाले र जसपा का वडाध्यक्ष उम्मेदवार हरुले अत्याधिक विजयी हासिल गर्न सफल भएका थिए अहिले यि दुवै दलको गठबन्धन भएको हुनाले चुनावी प्रतिस्पर्धामा रामदयाल मण्डल बलियो देखिएका छन ।

नेकपा एमाले जसपा गठबन्धन का प्रतिनिधि सभा उम्मेदवार पूर्व कृषि मन्त्री हरिनारायण यादव को साथले अझै बलियो प्रतिस्पर्धा हुने संभावनाले चर्चा पाएको छ ।