जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश सरकारको पालामा मुख्यमन्त्रीप्रतिको “साईकल चोर” को दागले सिँगो पार्टीलाई उम्मेदवारहरुलाई धक्का दिने संकेत देखिएको छ ।

समाजिक सँजालमा केही महिना ट्रेण्ड भएको जसपा नेतृत्वको सरकारका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीलाई “साईकल चोर” को दागले पार्टीका उम्मेदवारहरुलाई धक्का दिने सँकेत देखिएको छ ।

चुनाव नजिकैदै जादा मुख्यमन्त्री प्रतिको पनि जनमत खस्कीदै गएको छ । मंसिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख) बाट उमेदवारी दिएका छन । बिपक्षी उम्मेदवारहरुले उनले गरको भ्रष्ट्रचार,अनिमितता र साइकल खरिदमा अख्तियारले दर्ताको मुदालाई मुख्य मुदा बनाएका छन ।

जसपाबाटै मुख्यमन्त्री बनेका लालबाबु राउतसँगैका अन्य उम्मेदवारहरुले यसको भर्पाई चुकाउनुपर्ने अवस्था सृजना भएको छ । मधेश प्रदेशभर सिँगो पार्टीमाथि नै लक्षित गरी विपक्षीहरुले चलाएको ट्रेण्डले चुनावमा धक्का लाग्ने अवस्था समेत सृजना भएको छ ।

मुख्यमन्त्री अभियानको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साईकल खरिदमा १० करोड भ्रष्टाचारको मुद्दामा अख्तियारले मुद्दामाथि अनुसन्धान जारी राखेको छ ।

अघिल्लो पटक मधेस केन्द्रित दलहरुको गठबन्धनबाट निर्वाचन जितेका राउतलाई यसपटकको चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ । बिपक्षीले उठाएका प्रश्न आफ्नै क्षेत्रमा भएको भ्रष्ट्राचार र अनियमितता तथा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत अलपत्रमा परेका विभिन्न महत्वकाक्षी योजना बारे जनताले उठाएका प्रश्नको जवाफ दिन मुख्यमन्त्रीलाई हम्मे हम्मे परेको छ ।

सबै उम्मेदवारहरु चुनावमा संचार माध्यमहरुसंग नजिकि रहेको बेलामा मुख्यमन्त्री राउत पत्राकारसंग कुरा कुरा नगर्ने रणनिति बनाएका छन् ।

मधेस आन्दोलनको रापतापमा अघिल्लो पटक चुनाव जितेका मुख्यमन्त्री राउतले मधेसी जनतालाई दिएको आश्वासन पुरा गर्न नसकेको भन्दै राउतका निर्वाचन क्षेत्रका जनता उनी प्रति रुष्ट छन् ।

एमालेसंग जनता समाजबादी पार्टीले गरेको गठबन्धन र मुख्यमन्त्री राउतले पांच बर्षमा गरेको भ्रष्ट्राचार तथा निर्वाचन क्षेत्रमा भएको बजेट दुरुपयोगका कारण चुनावी महौल मख्यमन्त्रीको बिपरित बन्दै गएको छ ।

विगतमा मधेसीदलको लागी भोटबैकको रुपमा रहेको नगवाका राकेश चौरसियाले भने,‘मुख्यमन्त्रीका अधिकांश ठूला योजनाहरु अलपत्र परेका, आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई ठेक्का दिएर कमिशन खाएकालेको पनि बनेका सडकहरु पनि कतिपय ठाउमा एक बर्ष नवित्दै भत्किदै छ ।’

वीरगञ्जलाई मधेसको राजधानी बनाउछुँ भनेर वीरगञ्जका जनतामाथि घात गरेको आरोप समेत मुख्यमन्त्री माथी लाग्ने गरेको छ ।चनावी प्रचार प्रसारमा गाउहरुमा जांदा ‘नाकाबन्दी वीरगन्जमा भयो,राजधानी कहा बनाउनु भयो रुभने प्रश्न आम युवाले उठाइ रहेका छन ।

एमालेसंग गठबन्धन भएपनि जसपाकै नेताहरुले एमालेको भागबन्डामा परेको क्षेत्रमा उठाएको वागी उम्मेदवारले पनि गठबन्धनलाई ठगबन्धन भन्न थालिएको छ ।

एमालेको कुरा छोडनुस पार्टीकै नेताहरु मुख्मन्त्री नजितुन भने चाहनामा रहको जसपाका एक नेताले दाबी गरे । केन्द्रिय अध्यक्ष उपेन्द्र यावदका खास मान्छेको रुपमा चिनिने एक केन्द्रिय सदस्यले मुख्यमन्त्री राउत जिते पनि निलम्बनमा पर्ने ठोकुवा गरे ।

उनले भने,‘केन्द्रिय अध्यक्षको धेरै भनसुनमा मात्रै साइकल खरिदको एउटा मुदाबाट मुख्यमन्त्री जोगीनु भएको हो ,तर अहिले धेरै मुदाहरुको छानविन भइरहेको छ ,उहा चुनाव जितेपनि निलम्बनमा पर्ने निश्चित छ ।’उहाको इज्जत जोगाउन मात्र टिकट दिइएको बताउदै उनले भने,‘ मुख्यमन्त्री कार्यालयबाट योजना तथा साइकल खरिदको अर्को लटको फाइल लगायत छारी बिमामा बैकहरुसंग भएको मिलीभगत सबैको छानबिन भइरहेको छ ।निलब्नबाट जोगीने कुरै छन् ।’

पाँच बर्षे कार्यकालमा भएको भ्रष्ट्राचार र आफूले गरेका प्रतिवद्धता पुरा गर्न नसकेकोले चुनाव जित्न कठिन देखिन्छ । पर्साका जिल्लाको पोखरी सौन्दर्यको नाउँमा आएको करोडौको बजेट दुरुपयोग,आफ्नै दलका प्रदेश सभासदस्यका निर्माण कम्पनिले अधिकांस ठेक्का पाउनु संयोग नभएको भन्दै मुख्यमन्त्री बिपक्ष तथा स्थानिय संचार माध्यमले उठाएको प्रश्नमा, मुख्यमन्त्रीका मौन बस्नुले बिपक्ष चुनावमा झन आक्रामक बन्दै गएको छ ।

आफ्नै कार्यकर्ताद्धारा लक्षुमनवा निर्माण गरेको तरकारी वजार अलपत्र छ, पर्यटन पूर्वाधारका लागि मुख्य मन्त्री राउतले मुख्यमन्त्री राउतले हाल सम्म ७ अर्ब रुपैया खर्च गरेका छन् ।

उनले खर्च गरेको अधिकांस रकम मन्दिर मस्जिद कबरगाह बाहेक मधेस प्रदेशको कुनै एक ठाउँलाई सुन्दर पर्यटकीय स्थल निर्माण गरिएको देखिदैन ।

पोखरी सौन्दर्यकरणमा करोडौ रुपियाँ दुरुपयोग

मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्रमा सवैभन्दा बढी मतदाता भएको वीरगञ्ज वडा नं। १६ को नगवा पोखरी सौन्दर्यीकरणका लागि पठाएको रकम समेत दुरुपयोग भएको आरोप स्थानीयवासीको छ ।

नगवा पोखरी सौन्दर्यीकरणका लागि परेराररञ्जन जेभी ललितपुरसँग २०७६ जेठ २२ गते १० करोड १ लाख ३० हजारमा ठेक्का ठेक्का सम्झौता भएको थियो । उक्त सम्झौता बमोजिम २०७८ बैशाख १४ गते निर्माण कार्य सम्पन गरिसक्नु पर्ने भएपनि हालसम्म करिब ३५ प्रतिशत मात्रै निर्माण कार्य सकिएको छ ।

भौतिक पूर्वाधार विकास कार्यालय पर्साका अनुसार बिनियोजित बजेट मध्ये हालसम्म ३ करोड ९७ लाख ८७ हजार ५ सय ७६ रुपैयाँ मात्रै खर्च भएको छ । आफ्नै निर्वाचन क्षेत्रको पोखरी निर्माणमा भएको दुरावस्था सुर्धान नसक्ने मुख्यमन्त्री राउतले फेरी भोट चाहियो भनेर कुन अनुहार देखाएर जनताका विचमा पुगेका छन् रु स्थानीयवासीले प्रश्न गर्न थालेका छन् ।

चालू आर्थिक वर्ष २०७९–८० मा मधेस प्रदेश सरकारले उद्योग पर्यटन तथा वन मन्त्रालयको लागि ४ अर्ब ८४ करोड रुपैयाँ बजेट विनियोजना गरेको देखिन्छ । यो बजेटमा पोखरी सौन्दर्यीकरणदेखि मठ मन्दिर संरक्षणको खर्च पनि समावेश गरिएको छ । मठ मन्दिर संरक्षणको लागि मात्रै ३० करोड ३४ लाख रुपैयाँ विनियोजन भएको छ ।

तर, देशको मुख्य प्रवेशद्वार मानिएको वीरगञ्ज लगायतका क्षेत्रमा प्रदेश सरकारले सञ्चालन गरेका पोखरी संरक्षण र सौन्दर्यीकरणको काम अलपत्र परेको छ । मधेश प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगत पोखरी सौन्दर्यीकरणको योजना धेरै ठाउँमा अलपत्र अवस्थमा देखिन्छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरीको सौन्दर्यीकरणका लागि विनियोजित १० करोड ४३ लाख १७ हजार रुपैयाँमध्ये ७ करोड ७ लाख ८१ हजार भन्दा बढी रकम खर्च हुँदा पनि कार्यप्रगति सन्तोषजनक छ्रैन । परेराररञ्जन जेभि ललितपुरले लिएको उक्त ठेक्का २०७८ बैशाख १४ सकिएको छ ।

पर्साको छिपहरमाई गाउँपालिकास्थित छिपहरमाई पोखरीको सौन्दर्यीकरणको लागि परेराररञ्जन जेभी, ललितपुरले १० करोड ४४ लाख ६३ हजार १८० रुपैयाँमा ठेक्का लिएको थियो तर यसको प्रगति एक चौथाई पनि हुन सकेको छैन् ।

ठेकेदारले यति कार्य गरेबापत दुई करोड १४ लाख ६१ हजार ८५४ रुपैयाँ भुक्तानी लिइसकेको छ भने यसको ठेक्का अवधि पनि २०७८ वैशाख १४ मा समाप्त भइसकेको छ ।

वीरगंज महानगर–१५ मा रहेको लक्ष्मणवा पोखरीको सौन्दर्यीकरण गर्न २०७७ फागुन १० गते एक करोड ७५ लाख २१ हजार ४१९ रुपैयाँमा सुनकोशी कन्स्ट्रक्शनले ठेक्का लिएको थियो ।

अहिलेसम्म यो ठेक्काको कार्यप्रगति ७३।२६ प्रतिशत छ र ठेकेदारले सोबापत एक करोड २८ लाख ३६ हजार ५३९ रुपैयाँ भुक्तानी पाइसकेको छ । यो ठेक्काको अवधि पनि समाप्त भइसकेको छ । तर कार्य सम्पन्न हुन सकेको छैन ।

वीरगञ्जकै मुर्ली बगैंचास्थित पोखरीको सौन्दर्यीकरणको लागि २ करोड ५ लाख ४१ हजार २ सय रुपैयाँमा ठेक्का लिइएको थियो । विकोईरकिशोर जेभीले २०७७ फागुन ११ मा सम्झौता गरेको भएपनि अहिलेसम्म यसको कार्य शुरू नै हुन सकेको छैन ।

पर्सा जिल्लाकै पटेर्वासुगौलीमा रहेको निचुटा पोखरी सौन्दर्यीकरणको अवस्था पनि उस्तै छ । ३ करोड ६ लाख ३१ हजार ३५३ रुपैयाँमा नागार्जुन–हेम–सरबासार्की, काठमाडौंले ठेक्का लिएको यस पोखरीको कार्यप्रगति १०।८ प्रतिशत मात्र छ ।ठेकेदारले ३१ लाख १८ हजार ७४४ रुपैयाँ भुक्तानी भने लिइसकेको छ । यस ठेक्काको सम्झौता अवधि पनि समाप्त भइसकेको छ ।

पोखरी सौन्दर्यीकरणका नाउँमा आएको बजेट दुरुपयोग हुदा समेत मुख्यमन्त्रीले सोधखोज गर्न नसक्नु र गत निर्वाचनमा आफूले प्रतिवद्धता गरेका अधिकांश योजना अलपत्र अवस्थामा रहनुले मुख्यमन्त्री लालबाबु राउतलाई यसपटक चुनाव जित्न कठिन देखिन्छ । हरेक वडामा मुख्यमन्त्रीका विरुद्ध आवाजहरु उठन थालेका छन ।

मुख्यमन्त्रीको विकल्पमा बामलोकतान्त्रीक गठबन्धनका उमेदवार रामनारायण कुर्मी, स्वतन्त्र उमेदवार शशिकपुर मियाँ र ओम प्रकाश सरार्फ अहिले चुनावी प्रतिस्पर्धामा छन् । मुख्यमन्त्रीलाई हिजोका दिनमा सहयोग गरेको एउटा जमात शशिकपुर मियाँको साथमा देखिएका छन् ।

यता नेपाली काग्रेसको तर्फबाट उमेदवार बनेका रामनारयण कुर्मीलाई गठबन्धनको साथ रहेको छ । मुख्यमन्त्रीका विरुद्ध लडने बलियो उमेदावरको रुपमा कुर्मीलाई पनि हेरिएको छ ।

स्वतन्त्र उमेदवार ओमप्रकाश सरार्फतर्फ पनि युवाहरुको आकर्षण देखिएकोले अहिले कांग्रेसका कुर्मी र स्वतन्त्र उमेदवार शशिकपुर मियाँले मध्ये एकले नै मुख्यमन्त्रीलाई हराउन सक्ने आंकलन गरिएको छ ।