राजविराज । जनतम पार्टीका उम्मेदवारले मधेश सरकारका अर्थमन्त्रीलाई हराउँदै दोस्रो उम्मेदवार निर्वाचित भएका छन् ।

जनमत पार्टीका सतिश कुमार सिंह सप्तरी २ को ‘क’ बाट निर्वाचित भएका छन् ।

सिंहले ८ हजार ४४२ मतको अन्तरले निर्वाचित भएका हुन् । उनले जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् ।

सिंह १६ हजार ७३४ मत ल्याएका हुन् । भने साहले ८ हजार २९२ मत ल्याएर निकटतम प्रतिद्वन्दी बनेका हुन् ।