राजविराज । प्रतिनिधिसभातर्फ सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत भारी मतान्तरले निर्वाचित भएका छन् ।

राउतले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई १८ हजार ६३ मतको अन्तरले पराजित गरेका हुन् ।

राउतले ३५ हजार ४२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी यादव भने १६ हजार ९७९ मतमा सीमित भएका हुन् ।

यस्तै, पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ७ हजार ३४७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।