जनकपुरधाम, मंसिर ९ । धनुषा निर्वाचन क्षेत्र नंं २ मा एमालेका उम्मेदवार रहेका उमाशंकर अरगरीयाले जनताको अभिमत विपरित निर्वाचन अधिकृतले गलत मनसाय राखेर नेपाली काँग्रेसका उम्मेदवारलाई निर्वाचित भएको प्रमाणपत्र दिएको आरोप लगाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले धनुषा निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण यादवलाई १ सय ५७ मतले विजयी भएको भन्दै प्रमाणपत्र दिएकोमा आपत्ति प्रकट गर्दै प्रतिनिधिसभाको मत प्रदेश सभाको मतपेटिकामा परेकोमा सदर मतलाई बदर गरेर अन्याय गरेको भन्दै रि काउन्टीङ्ग हुनु पर्ने माग एमालेका उम्मेदवार अरगरीयाले गरेका छन् ।

शुक्रवार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन निर्देशिका विपरित अर्को वक्सामा गएको ४ सय मतलाई बदर गरेर अन्याय गरेको भन्दै निर्वाचन अधिकृत धर्म अवतार कोईरालाले सरकारको जागिर जस्तो निर्देशनको आधारमा षड्यन्त्र गरेको दावी अरगरीयाले गरेका छन् ।

अर्को वक्सामा परेका मतलाई गणना नगरेको खण्डमा न्यायका लागि अदालत जानु परेपनि जाने बताए । उनले आफूहरुले राति पनि विवाद गरेपनि प्रहरी प्रशासनको आड्मा थेरै समयमा १० वटा वक्साको मत गनेर नतिजा सार्वजनिक गर्ने काम गरेको बताए ।