जनकपुरधाम । नेपाल मानव धर्म सेवा समिति जनकपुरधामद्वारा सरसफाइ गरिएको छ ।

जनकपुरधाममा जारी विवाहपञ्चमी महोत्सवलाई मध्य नजर गर्दै सरसफाइ गरिएको जनाइएको छ ।

वकिलटोलदेखि जानकी मन्दिरसम्म सरसफाइ गरिएको नेपाल मानव धर्म सेवा समिति जनकपुरधामले जनाएको छ ।

कार्यक्रममा जनकपुरधाम उप—महानगरपालिकाका मेयर मनोज कुमार साह वडा नं. १ का अध्यक्ष दीपनरायण यादव तथा नेपाल मानवधर्मका केन्द्रीय समितिका अध्यक्ष जीवन कुमार गनराज, क्षेत्रिय अध्यक्ष गुरु प्रसाद मैनालिको सहभागिता रहेको थियो ।

आश्रम समितिका अध्यक्ष बसन्त कुमार श्रेष्ठ सम्पूणर् टोलवासी समाज सेवा, सन्त-महात्मा, श्रद्धालु भक्तजनहरुको उपस्तिथि रहेको थियो ।