रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. ३ स्थित रहेको फलक पोल्ट्री फार्मबाट ४० लाख मुल्य बराबरको लागुऔषध गाजा सहित एक जना ट्रक चालक पक्राउ परेका छन् ।

शेख अफरोज आलमले संचालन गर्दै आएको उक्त फार्म केही महिना पहिला शेख जमसैद आलम(राजु) लाई लिजमा दिएका थिए ।

उक्त फार्मबाट लगभग ७ बोरा जमिनमुनी लुकाई राखेको अवस्थाबाट सुरक्षाकर्मीले बरामद गरेको हो ।