जनकपुरधाम । मधेश प्रदेशका सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको निधनप्रति शोक व्यक्त गरेका छन् ।

शनिबार मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष भट्टराईको हृदयघातका कारण निधन भएको छ ।

प्रवक्ता साहले यस खबरले अत्यन्त मर्माहित बनाएको शोक सन्देशमा उल्लेख गरेका छन् ।

सन्देशमा भट्टराईको निधनले मधेश प्रदेशको पत्रकारिता क्षेत्रलाई अपूरनिय क्षति भएको उल्लेख छ ।

साहले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पणका साथै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।