जनकपुरधाम । मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराईको पार्थिव शरीरमा मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहद्वारा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नं. १का स्वास्थ्यमन्त्री जयराम यादव सहितका शीर्ष नेतृत्वले भट्टराईको गृहनगर राजविराजमा पुगि पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अन्तिम श्रद्धाञ्जली दिन जसपा अध्यक्ष यादव आजै काठमाण्डौ बाट र प्रवक्ता साह राजविराज पुगेका थिए ।

पत्रकार महासंघ सर्लाहीको साधारण सभामा भाग लिनप सर्लाही पुगेका भट्टराईको हृदयघातका कारण हिजो सर्लाहीमै निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका साथै आज विहानै देखि नीजि निवासमा राखिएको थियो । उनीप्रति अन्तिम श्रद्धाञ्जली दिन विहानैदेखि भीड लागेको थियो ।