सिरहा : सिराहाको बडहरीमा रहेकाबेला सशस्त्र प्रहरी निरिक्षक सूर्य धमलाले नेपाल – भारत सीमामा ब्यापारीहरूसँग मासिक असुली गर्ने गरेको तथ्य बाहिरिएको छ ।

नेपाल – भारत सीमामा पर्ने बडहरी नाकाबाट सामानहरू आयात निर्यात गर्ने ब्यापारीहरूसँगको सेटिगंमा धमलाले ३० देखि ५० हजार रूपैयाँका दरले असुली गर्ने गरेकाथिए ।

पर्सापोखरभिन्डाका दुई महिला व्यापारी धमलालाई जनही मासिक ३० हजार दिएर भारतबाट सामानहरू बडहरी नाका हुँदै सिराहाको लाहान लाने गरेको बताए ।

उनिहरूसँगै एक दर्जन ब्यापारीले उनलाई महिनाबारी बुझाएर बडहरी नाका हुँदै भारतबाट सामानहरू लाहान , गोलबजार , मिर्चैया , धनगढी , पतारी लाने गरेका थिए ।

“ ब्यापारीहरूसँग मासिक ६ लाख सम्म असुल्थे धमलाले “ – पहिला धमलासँगै सेटिगं गरेर काम गर्दै आएका बडहरीकै यादव थरका एक युवाले भने – “ मैले नै धमलालाई मासिक ४० हजार बुझाउँथेँ । “ उनी अहिले बैदेशिक रोजगारीमा छन् ।