काठमाडौं : जनमत पार्टीले सो पार्टीका उपाध्यक्ष अब्दुल खाँलाई सरकारमा पठाउने भएको छ । उनी पार्टीका उपाध्यक्ष एवं प्रवक्ता हुन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित खाँलाई सरकारमा पठाउने सहमति भएको बताए ।

मन्त्रालय बाँडफाँटका लागि संघीय संसद् भवनमा सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित ​मन्त्रीहरूले आजै शपथ लिने तयारी गरिएको छ ।