उमेश कुमार साह :१४ पुस बिहिवार बोदे बर्साईन
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ मा रहेका श्री चन्द्रा नमुना माध्यमिक विध्यालयले ६६ औँ वाषिर्कोत्सव मानएका छन् ।
शैक्षिक क्षेत्रमा उत्कृष्ठ क्रियाकलाप गर्दै नमुना विद्यालय बन्न सफल श्री चन्द्रा नमुना माध्यमिक बिधालयले सफलतम ६६ औ बार्षिक उत्सव विभिध कार्यक्रम संगै सम्पन्न गरेको हो ।
एक कार्यक्रमको बीच बिधालय शिक्षक ब्यवस्थापन समितिका अध्यक्ष मन्जित कुमार सिंह यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका प्रदेश सभा सदस्य तथा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष माननीय अनिरुद्व सिंह यादवले कार्यक्रममा बोल्दै ६६ वर्ष अगाडी आजकै दिन तत्कालीन राजा महेन्द्र बिरविक्रम साहले विद्यालयको शिलान्यास गरेको बताए ।
बोदे बर्साईन क्षेत्रका समाजसेवी तथा मेरो बुवा स्वर्गीय शत्रुधन प्रसाद सिंह यादवले दान गरेको १६१ विघा जग्गामा विद्यालय स्थापना भएको बताए । कार्यक्रममा प्रमुख अतिथि यादवले भने तत्कालीन समयमा दरभंगा,मधुबनी, लगायत भारतको विभिन्न ठाउँमा यहाँका स्थानीयलाई पढ्न जाने बाध्यता रहेकाले समाजसेवी स्वर्गीय शत्रुघ्न प्रसाद सिंह यादवले शिक्षारूपी अन्धकारलाई हटाउन शिक्षा क्षेत्रमा लगानी गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि यादवले अहिलेको जमनामा शिक्षा विनामा मानिसको जीवन चल्न नसक्ने वताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै यादवले अहिलेको समयमा शिक्षाको महत्वका विषयमा जोड दिएका हुन् । उनले शिक्षा हासिल गर्नु पवित्र कार्य मात्र नभएर मानिसलाई सभ्य बनाउन समेत शिक्षाको महत्व रहेको बताए ।
कार्यक्रमको बिशिस्ठ अतिथि बोदे बर्साईन नगरपालिका नगर उप-प्रमुख रेनु कुमारी साह , दाता परिवारका सदस्य , बृजेन्द्र कुमार सिंह यादव , भु .पु सान्सद सुरेन्द्र प्रसाद यादव अतिथिहरु वडा अध्यक्ष मो. मजिवुर रहमान , राज कुमार यादव , प्रधनाध्यापक गौरि शंकर चौधरी , बिधालय व्यवस्थापन समितिका सदस्य अनिल प्रसाद सिंह , विद्या नारायण यादव , लगायतले संस्थापक दाता स्वर्गीय शत्रुघ्न प्रसाद सिंह यादवले गरेको योगदान बारेमा चर्चा गरेका थिए ।
अतिथिहरु नगर शिक्षा प्रमुख राम शागर यादव , ईलाका प्रशासन कार्यालय बोदे बर्साईनका प्रमुख दिनेश राउत , ईलाका प्रहरी कार्यालय बोदे बर्साईन प्रमुख , सशस्त्र बेश क्याम्प बोदे बर्साईन प्रमुख , बिधालय व्यवस्थापन समितिका प्रतिनिधि ,शिक्षाप्रेमी,बुद्धिजिवि,पत्रकार, अभिभावक, बिद्यार्थी ,कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
शैक्षिक सुधारका लागि जिल्ला मा महत्वपुर्ण काम भएको छ ।त्यसमा सहकार्य गर्नको लागि आफुहरु निरन्तर लागि परेको प्रमुख अतिथि यादवले बताए ।
जिल्लाको श्री चन्द्रा नमुना माध्यमिक बिधालय पनि प्राविधिक धार कम्प्युटर ईन्जिनियरीङ् जस्ता कक्षा संचालन गरेर सदरमुकाम का विधार्थी बोदे बर्साईनमा लगेर पठनपाठन गराउन सफल भएको बताउनुभएको छ ।
कार्यक्रममा शैक्षिक सत्र २०७८ मा कक्षागत रुपमा र यस. इ. इ. मा तप गर्ने बिद्यार्थीलाई विद्यालयबाट प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।
त्यस्तै विद्यालयले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले २०१३ सालमा स्थापना भएको नमुना विद्यालय तथा विद्यालयको भौतिक र शैक्षिक गुणस्तर वृद्धिकाे लागि शुभकामना दिनुभयाे ।
उहाँले शिक्षाको क्षेत्रमा प्राबिधक तथा गुणस्तरीय शिक्षा प्रदानका नगरपालिकाले सहयाेग गर्ने बताउनुभयाे ।
तत्कालिन बोदे बर्साईन गाविस वाड नं १ मा बि. सं २०१३ सालमा स्थापना भएकाे उक्त विद्यालयले आफ्नाे छुट्टै पहिचान बनाएकाे यादवले बताए ।
तत्कालिन समयमा शिक्षा लिनु पर्छ भन्ने सम्म ज्ञान नभएकाे समयमा शिक्षा प्रेमि अगुबाहरूकाे पहल विद्यालय स्थापना भए पश्चात आसपासका क्षेत्रमा शिक्षाकाे महत्व बढ्दै गएकाे बुझिन्छ ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत देखाइएकाे थियाे भने
यस कार्यक्रमको उध्घोसक यस माध्यमिक बिधालयको गणित शिक्षक जितेन्द्र प्रसाद गुप्ता थिए ।
Discussion about this post