काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ नेपाल आइपुगेका छन्।

राजदूत सोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायतका चिनियाँ दूतावासका अधिकारीले स्वागत गरेका थिए ।

राजदूत सोङ एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। राजदूत केही दिन क्वारेन्टीनमा बस्ने जनाईएको छ ।