वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको १२ लाख २० हजार रुपैयासहित एक जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर – १७ का १९ वर्षीय राजन कुमार साह रहेका छन् ।
विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २५ सिर्सिया स्थित सडकखण्डमा बि.आर. ०५ एई ३५५६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा साहले लगाएको हेलमेट तथा कालो ज्याकेट भित्र १२ लाख २० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उक्त रकम बरामद गरी उल्लेखित नम्बरको मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।
Discussion about this post