काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रीपरिसद्लाई पुर्णता दिने बताएका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सता दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रीपरिसद्लाई पुर्णता दिने तयारी गरिएको बताएका थिए ।

“आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरुपमा बस्ने तयारी गरेको छु,” उनले भनेका थिए ।

अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । मन्त्रालयको भागबन्डा मिलाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग प्रचण्डले दिनहुँ जस्तै छलफल गर्दै आएका छन् ।