जनकपुरधाम । जनमत पार्टीका अब्दुल खान खानेपानी मन्त्री बनेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खानले शपथ यसअघि नै लिए पनि मन्त्रालयको जिम्मेवारी पाएको थिएन । आज उनलाई खानेपानी मन्त्रीको जिम्मेवारी दिइएको छ ।

जनमत पार्टीले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो, तर उक्त मन्त्रालय एमालेको भागमा परेको छ ।