उमेश कुमार साह
१० माघ, बोदे बरसाईन ।
सप्तरीको बोदे बर्साईन नगरपालिकाको सभाहलमा आईतबार जिल्लाको १८ वटै स्थानीयका प्रमुखहरुको बैठक सम्पन्न भएको छ । बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहको अध्यक्षता भएको कार्यक्रममा बोल्दै नगर प्रमुख सिंहले भने संविधानले तोकेको क्षेत्राधिकार भित्र रही प्रत्यक्ष रुपमा स्थानीय जनताद्वारा निर्वाचित भएका स्थानीय आवश्यकता, जनताका रुची र अपेक्षा अनुसार कार्य गर्ने जनादेश प्राप्त गरेका जनप्रतिनिधिहरुद्वारा तोकिएको भूगोलभित्र शासन व्यवस्था सञ्चालन गर्ने शासकीय संगठन संरचनालाई स्थानीय सरकार भनिन्छ । वहाँले भने स्थानीय सरकार जनताको सबभन्दा नजिकको सरकार भएकोले जनताप्रति उत्तरदायि भएर काम गर्न सबैमा आग्रह गर्नु भयो ।
सो बैठक २०७९ बैशाख ३० गते भएको स्थानीयतह निर्वाचनमा समयमा निर्वाचन खर्च नबुझाएको भन्दै निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई अत्याधिक जरिवना तोकेकोले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा सरोकारवलाहरुलाई ज्ञापनपत्र बुझाई पहल गर्ने र राजविराज नगरपालिकामा पालिका भवन बनाउने सो भवन निर्माणका लागि राजविराज नगरपालिकाले जग्गा उपल्बध गराउने भवन बनाउन लागने श्रोत संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार बाट उपल्बध गराउने, यस्तै सुरुङ्गा नगरपालिकामा डकैति भएको १५ दिन विति सक्दा पनि प्रहरीले दोषी पत्ता नलगाउनु तथा विपद ब्यवस्थापनका लागि कम्बल वितरण कार्यक्रममा प्रहरी स्थानीय सरकार संग समन्वय नगरकोले ध्यानाकर्षण भएको संमन्वय गर्न आग्रह गरियो । साथै चक्रिय प्रणाली अन्तर्गत १८ वटै स्थानीयतहमा महिनाको अन्तिम शनिबार हकहित संरक्षणका लागि बैठक बस्ने निणर्य गरेको छ ।
स्थानीय सरकार स्थानीय जनता दैनिकी समस्यासँग सबैभन्दा नजिक र प्रत्यक्ष प्रभावित भई रहने सरकार भएकोले कार्यको दौरानमा विभिन्न समस्या देखा पर्ने भएकोले जनगुणसोलाई सम्बोधन गर्दै पालिकाको हकहित संरक्षण गर्न एकिकृत भएर काम गर्ने उद्देश्यले बैठक बसको सुरुङ्गा नगरपालिका नगरप्रमुख गिता चौधरीले बताइन् ।
Discussion about this post