जलेश्वर ।महोत्तरीको मनरा शिसवा नगरपालिकाको आयोजनामा मनरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

महोत्तरीको मनरा शिसवा नगरपालिकाको आयोजना तथा नोबेल शिक्षण अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा वडा नं. १ मनरामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालयमा संचालित ३ दिने बृहत निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।

यो कार्यक्रमको समन्वयकर्ता नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मी कुमुद झाले गरेका थिए । उक्त शिविरमा जम्मा ३६५२ बिरामीले स्वास्थ सेवा लिएका थिए ।

अधिकतर विरामी आँखामा मोतिबिन्दु र आँखामा मासु पलाएको रहेकोे जानकारी झाले बताए । सोही कार्यक्रममा सहभागी चिकित्सक, सहयोगी, नर्सलगायत सम्मानित भएका थिए ।

स्वास्थ्य कार्यालय महोत्तरी, एनएम.एस.आर.ए. जनकपुरधाम र आपूर्ति स्वास्थ्य महाशाखा जनकपुरधामको सहयोगमा विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।