जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ ।

सोमबार नगर प्रमुख दिनेश प्रसाद यादवको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत सावन चौधरीको विशिष्ट आतिथ्यमा आठौँ नगरसभा सम्पन्न भएको छ ।

सातौँ नगरसभाबाट पारित गरिएको विकासे बजेटहरुलाई निरन्तरतासहित आवश्यक थप योजनाहरुमा काम गर्ने गरी आठौँ नगरसभा सम्पन्न भएको छ ।

सभामा मेयर यादवले यस नगरसभापछि विभिन्न वडामा विकास निर्माणको कार्यहरुसमेत अगाडि बढने बताए । उनले जनभावना बमोजिमको योजनाहरु थपघट गरी कार्य संचालन गरिने बताए ।

त्यस्तै,प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने कार्यालयको तहगत कर्मचारीहरुको सेवासुविधा र उत्तम कार्यसंचालनको लागि अग्रसर हुने बताए । भौतिक पूर्वाधार निर्माणका कार्यहरुलाई यथाशीघ्र संचालन गर्ने उनले बताए । उपभोक्ता समितिबाट हुने कार्यको लागि उनीहरुलाई अभिमुखिकरणमार्फत कार्य गराउने उनले बताए ।

सभामा उपमेयर सुनिता सिंह, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव, विभिन्न वडाका वडा अध्यक्षहरु,नगरपालिकाको कर्मचारीहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।