पाँच सय पूर्णाङ्कको वक्तित्वकला प्रतियोगितामा जनकपुरधामको मदरटेरेसा पब्लिक स्कूल की विद्यार्थी राखी ठाकुर ४२१ अंक ल्याएर प्रथम भएकी छन् । त्यस्तै डेफोडिल्स पब्लिक स्कूलका विद्यार्थी अभीप्सा झा ४११ अंकसहित दोश्रो, डेफोडिल्स पब्लिक स्कूलकै अंजन ठाकुर ३९२.५ अंकसहित तेश्रो भएका हुन् । यस्तै मिट स्कुलकी अनिशा कुमारी ३८७ अंकसहित चौथो र जनकपुर पब्लिक स्कूलकी अंजली कुमारी यादव ३८४.५ अंकसहित पाँचौ स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

वक्तित्व कला प्रतियोगितामा उत्कृष्ट पांच छात्र /छात्राबीच अन्तिम प्रतिस्पर्धा जनकपुर साहित्य महोत्सव २०७९ को मुख्य आयोजन जानकी मन्दिर प्रांगणमा हुने छ । पहिलो चरणको छनौटका लागि पांच जना निर्णायक मंडलमा जनकपूरधाम उप महानगर पालिकाका शिक्षा शाखा प्रमुख मेहीलाल लाल यादव , जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनीष रमन साह, संचारकर्मी घनश्याम मिश्र, महिला नेतृ रुणा झा र रेणुका जीसी रहेका थिए ।

सोमबार पुनः विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता हुने छ । प्रतियोगितामा धनुषाका दर्जन भन्दा बढ़ी विद्यालयका ५० बढ़ी छात्र छात्रा सहभागी हुने आयोजनले जानकारी दिएको छ ।
उत्कृष्ट हुनेहरुलाई ११ गतेदेखि आरम्भ हुने जनकपुर साहित्य महोत्सवको चौथो संस्करणमा प्रस्तुति पश्चात पहिलो दोश्रो र तेस्रो हुनेलाइ सम्मान पत्र सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको रहेको छ ।