वीरगञ्ज । स्वर्गीय गोपालचन्द्र गोतामे स्मृति स्वर्ण पदक पत्रकारिता पुरस्कार धनुषाकी पत्रकार मनिका झालाई प्रदान गरिएको छ ।
स्वर्गीय पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानद्वारा आज वीरगन्जमा आयोजित एक कार्यक्रमबिच नेपाल पत्रकार महासङ्घ धनुषाकी अध्यक्ष समेत रहनुभएकी झालाई एक तोला सुन सहितको उक्त पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, स्वर्गीय पत्रकार गोपालचन्द्र गौतमकी पत्नी सुधा गौतम र पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले झालाई पत्रकारिता स्वर्ण पदक प्रदान गर्नुभयो ।
वीरगन्जका पत्रकार स्वर्गीय गौतमको स्मृतिमा १३ वर्ष पहिले स्थापित स्वर्गीय गोपालचन्द्र गौतम प्रतिष्ठानद्वारा सामाजिक उत्तरदायित्व अनुरूप अब्बल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष छनौट गरी एक तोला सुनको तक्मा सहितको पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि यो पुरस्कारबाट देशका विभिन्न जिल्लाका ११ जना पत्रकार पुरस्कृत भइसकेका छन् । यो पुरस्कार अघिल्लो वर्ष सप्तरीका पत्रकार बैजनाथ झाले पाउनुभएको थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ पत्रकार चन्द्र किशोर, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ता, प्रतिष्ठानका कोषाध्यक्ष शत्रधुन नेपाल, स्वर्गीय पत्रकार गौतमका सुपुत्र हिमालचन्द्र गौतम, लगायतको सहभागिता थियो ।
Discussion about this post