जनकपुरधाम । मधेश प्रदेशको रौतहटस्थित सरकारी रकमले भाेजपुरी ओरकेष्ट्रा नचाइएको छ ।

रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभा सदस्य साँसदसमेत रहेका पूर्व माओवादी एवम् हाल स्वतन्त्र साँसद प्रभु साहको अध्यक्षता तथा उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा शनिबार साँस्कृति कार्यक्रम भन्दै ओरकेष्ट्रा नचाइएको हो ।

उपराष्ट्रपति पुन मँचमा उपस्थिति जनाएसम्म धार्मिक गीतहरुमा नृत्य गरिएपनि उपराष्ट्रपति गएपछि भोजपुरी ओरकेष्ट्रा नाच सुरु गरिएको थियो । रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा सो कार्यक्रम गरिएको हो ।

मौलापुरको पतौरास्थित रहेको महादेव मन्दिरमा प्रत्येक वर्ष मेला लगाउँदै आएको छ । मौलापुर नगरपालिकाले प्रत्येक वर्ष ओरकेष्ट्रा नचाउनकै लागि लाखौँ रुपैयाँ खर्चिन गरेको छ ।

विभिन्न समयमा शिवरात्रीमा धार्मिक एवम् साँस्कृतिक कार्यक्रम गर्न सुझाव दिईपनि सरकारी रकम झवाम्म पार्न ओरकेष्ट्रा नचाउने गरेको छ । भारतको बिहारबाट प्रत्येक बर्ष एक दुई कलाकार ल्याएर लाखौँ रुपैयाँ झवाम्म पार्ने गरेको छ ।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको मौलापुरको शिव मन्दिरमा मेला लगाइन्छ । मेलामा साँस्कृति र धार्मिक गीत सँगीतलाई आत्मसात गर्नुको साटो टिकटोकर, ओरकेष्ट्राको कलाकार ल्याएर सरकारी रकम दुरुपयोग गर्ने गरेको टिप्पणी गरिएको छ ।

रौतहटमा प्रभु साह चिरपरिचित नेताको रुपमा चिनिन्छन् । उनको यस्तो कार्यक्रमले साहमाथि आम नागरिकको दृष्टिकोण समेत परिवर्तन हुन थालेको छ ।

मौलापुर नगरपालिकाकी मेयर रिना साह (प्रभु साहकी श्रीमति) ले प्रत्येक वर्ष एक ओरकेष्ट्रा नचाउने प्रोडक्सन कम्पनीलाई लाखौँ रुपैयाँ दिएर ओरकेष्ट्रा नचाउन गरिएको छ ।