महाेत्तरी । नेपाली कांग्रेस को विद्यार्थी संग़ठन नेपाल विद्यार्थी संघ महोत्तरी मा विवाद सृजना भएको छ ।
नेपाली कांग्रेस महोत्तरी जिल्ला सभापति तथा पार्टी ले एकलौटी निर्णय गरेको भन्दै ने.वि.संघ का केन्द्रिय सदस्य देखी जिल्ला सदस्य सम्मका युवा नेता ले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै विरोध जनाएका छन ।
नेविसंघ केन्द्रिय सदस्य देखी जिल्ला सदस्य सम्मका २८ जना विद्यार्थी नेता द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेविसंघ महोत्तरी जिल्ला अध्यक्ष को लागि गरिएको निर्णय ऊपर असहमति जनाइएको छ ।
हालै ने.वि.संघ युवा नेताहरुले जिल्ला अध्यक्ष को जिम्मेवारी पाएका छन । त्यसै अनुरूप नेविसंघ महोत्तरीले पनि जिल्ला अध्यक्ष को जिम्मेवारी पायो । यसै निर्णय लाई लिएर नेविसंघ महोत्तरी का युवा नेताहरुले एकलौटी र पार्टी को लोकतांत्रिक सिद्धान्त विरूद्ध तथा मोनोपली भएको प्रेस विज्ञप्ति मार्फ़त आरोप लगाएका छन ।
उक्त विज्ञप्तिमा जिल्ला पार्टी सभापति ले विद्यार्थी नेता हरुसँग छलफल नै नगरी गोप्य रूपले जिल्ला अध्यक्ष का लागि एकल रूपले सिफारिस गरेको र उक्त सिफारिस ऊपर नेविसंघ केन्द्रिय समितिले मनोमानी ढङ्गले फाल्गुन २ गते पठाएको पत्र प्रति ध्यानाकर्षण भएकोले उक्त कार्य संग़ठन को मर्म माथि प्रहार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेविसंघ केन्द्रीय समितिले गरेको निर्णय लाई खारिज गर्न मांग राख्दै जिल्ला मैं क्रियाशिल रहेका विद्यार्थीहरुको भेला ग़री सर्वसमत रूपले आएको विद्यार्थी नेतालाई संयोजक बनाई अधिवेशन सम्पन्न गर्न नेविसंघ केंद्रिय समिति तथा जिल्ला कार्यसमिति सँग विद्यार्थी नेताहरुले माँग राखेका छन ।
समयमैं यस निर्णय लाई नसच्चयाएमा समानान्तर समिति गठन गर्ने चेतावनी सहित विभिन्न माध्यमले आन्दोलन गर्ने उनीहरुले विज्ञप्ति मार्फ़त नेतृत्व लाई चेतावनी दिएका छन ।
नेविसंघ महोत्तरी जिल्ला का लागि फाल्गुन २ गते सुनिल सुमन लाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको थियो ।
Discussion about this post