- उमेश कुमार साह
सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका १० स्थित खडकपुरमा आगलागी हुदाँ पलानु यादव ,गोहालु यादव , उमेश यादव र बिरेन्द्र यादवको गरि घरमा आगलागी हुदा २५ लाखको क्षति सँगै पलानु यादवको जेठि छोरीको विवाह गर्ने सपना पनि जलेको छ ।
बुधबार अचानक घरबाट भएको आगलागीमा जलधरको ५ लाख नगद, अन्नपात, पशुचौपाया लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको पस्थानीयले जनाएको छ ।
यादव परिवारका खुला आकासमुनि सँगै उनले पालेका एक बाख्रा र एक गोरु, सुनचाँदी , मोबाइल , टिभी , लत्ताकपडा, एलिबेस्टर , जस्तापाता , धानचाबल , काठ समेत जलेका छन् ।
त्यस्तै जलधरका भाइको पनि एक घर र घरको समाग्री जलेको हो। उनका भाइ गरि तीन जनाको घर र गोठसँगै दुई वटा खसीसहित घरका सम्पूर्ण सामान जलेर खरानी बनेको छ ।
Discussion about this post