जनकपुरधाम । जनकपुरधाममा शुक्रबारबाट सुरु भएको अन्तर्राष्ट्रिय व्यापार मेलाबारे विभिन्न टीकाटिप्पणी भइरहेका हँदा पनि मेलामा रौनक देखिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले अन्तर्राष्ट्रिय व्यापार मेलाले राम्रो अवस्था सृजना गरिएको बताउँदै अहिलेको वर्तमान अवस्थामा स्थानीय उत्पादन र यहाँका उद्योग तथा व्यापार व्यवसायलाई प्रवर्द्धन गर्नुपर्नेमा जनकपुरधाम उद्योग वाणिज्य संघ आर्थिके माध्यम बनाएर व्यापार मेला आयोजना गरिएको छ । उनले मेलाले स्थानीय उत्पादन , मिथिला चित्रकला लगायत स्थनिय ब्यबसयीलाई अन्तर्राष्ट्रिय बजार संग जोडि फाइदा पुग्ने दाबी गरे ।
‘जनकपुरधाम उद्योग वाणिज्य संघको सदस्य रहेका करिब ५ हजार २ सय व्यापारिक प्रतिष्ठानहरूमध्ये अधिकांशको अवस्था राम्रो रहेको छ ।
उनले प्रश्न गर्दै अगाडि भने, ‘मेलामा कहाँको सामानहरू रहन्छ? यहाँको पैसा कहाँ जान्छ? के मेलामा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ? यहाँका स्थानीय व्यापारीहरूलाई विशेष ग्राहयता दिइएको छ? केही छैन ।’
महासेठले यस मेलाबाट स्थानीय व्यापारीलाई धेरै लाभ पुग्ने दाबीसमेत गरेका छन् । जनकपुरधामको व्यापारीको हकमा मेलाको अवस्था राम्रो रहेको बताइन्छ ।
त्यस्तै, अध्यक्ष महासेठले भने हाम्रो मधेश प्रदेशको राजधानी जनकपुरधाम धार्मिक नगरि भएको हँदा पनि यस नगरलाई आर्थिक नगरिको रुप दिनका लागि उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रय व्यपार मेलाको आयोजना गरेका छन् ।
उनले भने बिहीबार उद्योग वाणिज्य संघद्वारा आयोजनामा भोजपुरी कलाकार प्रिती पासवानलाई निम्त्याएका थियौँ ।तर,यहाँका केही नेता तथा भाडाका मान्छेहरुले एकदमै न राम्रो तरिकाले सामाजिक सञ्जालमा उनीबारे गलत भ्रम फइलाइएको बताएका छन् ।
Discussion about this post