जनकपुरधाम । जनकपुरधामको एक मन्दिरमा चोरी भएको छ ।

मिथिला माध्यमिकी परिक्रमामा साधुसन्त तथा श्रद्धालु भक्तजनहरु व्यस्त रहेको समयमा जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित हनुमानगढीमा रहेको हनुमान मन्दिरमा हनुमान भगवानको मुकुट, दानपेटिकालगायतका समानहरु चोरी भएको मन्दिरका पुजारी प्रमोद दासले बताएका छन् ।

मिथिला माध्यमिकी परिक्रमाको आरम्भ ठेरा कचुरी स्थित मन्दिरबाट भएपछि पहिलो विश्रामस्थलको रुपमा हनुमानगढी स्थित हनुमान मन्दिर नै रहेको छ । यहाँ राम-जानकीको डोलासहित पदयात्रामा रहेका हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु रात्री विश्राम गरी कल्याणेश्वरका लागि प्रस्थान गर्छन् ।

ऐतिहासिक धार्मिक हनुमान मन्दिरमा चोरीलाइ स्थानीयवासीले गम्भिररुपमा लिएका छैनन् । त्यस्तै, त्यहाँ रहेका साधुसन्त तथा स्थानीयवासीहरुले प्रहरीसँग तत्काल चोरलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।