जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा आगलागी हुँदा एकजनाको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

जिल्लाको मिथिला नगरपालिका –१ स्थित लक्ष्मीनिवासको बसही खोला किनारमा अवस्थित नयाँ टोलमा आइतबार दिउँसो आगलागी हुँदा स्थानीय चौठी मुखियाको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट मुखियाको घरमा रहेका लत्ताकपडा, अन्नपात गरी करिब २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगोलाइ स्थानीयको सहयोगले नियन्त्रणमा आइसकेको वडा सचिव शिवशंकर प्रसाद सिंहले जानकारी दिएका छन् ।