जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१, रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरमा शनिबार राति चोरी भएको छ ।

मन्दिरबाट राजदेवी भगवानको मूर्ति, सुनको मुकुट र अन्य गरगहना गरी करिब छ लाख रुपैयाँ मूल्यबराबरको सरसामान चोरी भएको मन्दिरका पुजारी धीरज यादवले बताए । उनले राति १२ बजे चोरी भएको जानकारी दिए ।

महेन्द्रनगर-जनकपुर सडकसँगै टाँसिएर रहेको ऐतिहासिका राजदेवी मन्दिर निकै प्रसिद्ध छ । ऐतिहासिक तथा धार्मिक राजदेवी मन्दिरमा चोरी हुनुलाई स्थानीयवासीले गम्भीररुपमा लिएका छन् ।

त्यहाँ रहेका साधुसन्त तथा स्थानीयवासीले तत्काल चोरलाई पक्राउ गरी कारबाही गर्न प्रहरीसँग माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले चोरी घटनासम्बन्धमा अनुसन्धान भइरहेको र अपराधी पक्राउ गर्न प्रहरी युनिट खोजतलासमा जुटेको बताए।