जनकपुरधाम। धनुषाको अति विकट पचहर्वा गाउँमा संचालित ईजोत निःशुल्क ट्यूसन सेन्टरमा अध्यनरत वालवालिकाहरुलाई झोला वितरण गरिएको छ।
मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवको प्रयास र काव्या हस्पिटल जनकपुरधामका संस्थापक डा.एस के सिंहको सहयोगमा १ सय ३० जना बालबालिकाको पढाइमा सुविधाका लागि झोला वितरण गरिएको छ।
प्रदेश सांसद यादव,मधेश प्रदेशका मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुर,प्राधानाध्यापक निलम ढिन्सा,शहीदनगर नगरपालिका- ६ का वडाध्यक्ष उमेश निराला,अभियन्ता प्रदीप दत्त,डा.निरन्जन गोइत,डा.लक्ष्मी गोइतसहितका महत्वपूणर् व्यक्तिको उपस्थितिमा बालबालिकालाई झोला वितरण गरिएको जनाइएको छ।
सो अवसरमा डा गोइतद्वारा वालवालिकाहरुको नियमित स्वास्थ परीक्षण गरी औषधि पनि उपलब्ध गराएका छन्।
समृद्धिको प्रवेशद्वार शिक्षा सुधारका लागि गरिएको प्रयासलाई मुख्य न्यायधिवक्ता ठाकुर र प्राधानाध्यापक निलमले प्रशंसा गरेका थिए ।
Discussion about this post