जनकपुरधाम । मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू सोमबार भगवान् राम र माता सीताले त्रेतायुगमा अबिर दलेर होली खेलेको स्थल कञ्चनवन पुगेका छन् ।
महोत्तरीको कञ्चनवनमा मिथिला मध्यमा परिक्रमाका यात्रीहरूले एकअर्कालाई अबिर दलेर होली मनाएका छन्।
त्रेतायुगमा भगवान राम र सीताले रंग दलेर होली खेलेको सम्झनामा सोमबार कञ्चनवनमा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले पुगेर होली खेलेका हुन्।
प्रत्येक वर्ष झैँ यसवर्ष पनि परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुगेका सहभागीहरूले एकअर्कालाई रंग अबिर दलेर होली पर्व मनाएका छन्।

कञ्चनवनमा परिक्रमामा सहभागीहरूले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा औपचारिक रूपमा होली पर्वको आगमन भएको मानिन्छ।
Discussion about this post