जनकपुरधाम । हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र १५ दिने मिथिला मध्यमा परिक्रमाका श्रद्धालुहरूका लागि नेपाल–भारत खुला सीमा सम्वाद समूहले आज चौंथो हेल्प डेस्क परबत्तामा सञ्चालन गरिरहेको छ ।

मिथिला मध्यमा परिक्रमाको मंगलबार ९ औं दिन नेपालको परबत्तामा नेपाल–भारत खुला सीमा सम्वाद समूह मधेस प्रदेशको सह संयोजक दीपक यादवको संजोकत्वमा निःशुल्क सेवा शिविर सञ्चालन गरिएको छ ।

समूहका धनुषा जिल्ला अध्यक्ष मनोज साहको अध्यक्षता तथा राम बाबु राय ,विक्रम साह,रागवेन्द्र कुमार मन्डल को सहभागिता प्राथमिक उपचारसहित सहायताका कार्यहरू संस्थाका पदाधिकारीहरूद्वारा सञ्चालनमा रहेको छ।

भोलि (बुधबार) धनुषाधाम,पर्सि सतोषमासहित सो सेवा जारी रहने समूहका केन्द्रीय अध्यक्ष राजीव झाले जानकारी दिएका छन् ।

यसअघि, मिथिला मध्यमा परिक्रमाको पहिलो दिन नेपालको हनुमानगढी जनकपुरधाममा, भारतको कलानेश्वर,गिरजा स्थानमा सफलताको साथ शिविर सञ्चालन गरिएको थियो।